Trending
अन्तर्राष्ट्रिय पुटिन र राष्ट्रसंघका महासचिवबीच पर्सि भेट हुने राजनीति कर्णालीमा किसानका दु:ख उस्तै, एकीकृत कृषि प्रयोगशाला आफैँ बिरामी अन्तर्राष्ट्रिय रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला अन्तर्राष्ट्रिय लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण आर्थिक चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य आर्थिक सुन तोलाको १ लाख ६५ हजार ६ सय राजनीति जुम्ला पुगे प्रचण्ड खेल पाल्पाको पूर्वखोलामा डेढ लाख राशीको भलिबल प्रतियोगिता हुने समाज कावासोतीमा अनकण्टार भिरबाट जिप खस्‍यो अन्तर्राष्ट्रिय सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

एजेन्सी

संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा रहेको जनाएको छ। युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करिब ३० लाख मानिस हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्समार्फत जनाएको हो।

युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ।

द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरू बन्द रहेको तथा अग्रपङ्क्तिमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौँदेखि तलब भुक्तानी नगरिएको युनिसेफले जनाएको छ।

आन्तरिक द्वन्द्व सुरु भएदेखि हैजा, मलेरिया, र डेङ्गुु ज्वरोजस्ता महामारी रोगहरू फैलिँदा सयौँको मृत्यु भएको छ।
सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP