Trending
अन्तर्राष्ट्रिय पुटिन र राष्ट्रसंघका महासचिवबीच पर्सि भेट हुने राजनीति कर्णालीमा किसानका दु:ख उस्तै, एकीकृत कृषि प्रयोगशाला आफैँ बिरामी अन्तर्राष्ट्रिय रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला अन्तर्राष्ट्रिय लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण आर्थिक चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य आर्थिक सुन तोलाको १ लाख ६५ हजार ६ सय राजनीति जुम्ला पुगे प्रचण्ड खेल पाल्पाको पूर्वखोलामा डेढ लाख राशीको भलिबल प्रतियोगिता हुने समाज कावासोतीमा अनकण्टार भिरबाट जिप खस्‍यो अन्तर्राष्ट्रिय सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण

एजेन्सी

इजरायलले हिजबुल्लाह समूहलाई समर्थन गर्ने लेबनानी बैंक तथा वित्तीय संस्थाहरूमा आक्रमण गरेको छ।

गएराति राजधानी बेरुत तथा दक्षिणी लेबनानका कयौँ वित्तिय संस्थामा आक्रमण भएको र रातभरजसो विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ। आक्रमणअघि इजरायल डिफेन्स फोर्सेजले राजधानी बेरुतसहितका विभिन्न २४ स्थानमा ठाउँ खाली गर्न चेतावनी दिएको थियो।

खाली गर्न चेतावनी दिइएकामध्ये १४ क्षेत्र बेरुतका हुन्। आक्रमणबाट वित्तीय संस्था रहेका ठूला भवन ध्वस्त भएका छन्। यस्तै हिजबुल्लाहकै नियन्त्रण रहेको बेरुतको दक्षिणी क्षेत्र दहिह शहरमा इजरायली सेनाले आठवटा हवाई आक्रमण गरेको छ। लेबनानी सञ्चारमाध्यमका अनुसार देशको पूर्वी इलाकामा पनि आक्रमण भएको छ, जहाँ आक्रमणबारे पूर्व जानकारी गराइएको थिएन।

यसअघि हिजबुल्लाह समूहले आइतबार इजरायलका विभिन्न सैन्य क्याम्पलक्षित रकेट प्रहार गरेको थियो। यसैबीच भारतको जम्मु कश्मीरस्थित गांदरबलमा आतंकवादी समूहको आक्रमणमा एक चिकित्सकसहित सातजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार केन्द्रीय सरकारले निर्माण गरिरहेको एक सुरुङ परियोजनामा काम गरिरहेका मजदुर आक्रमणमा परेका हुन्। मृत्यु हुने सबै गैरस्थानीय रहेको र पहिचान खुलेकाहरू पञ्जाबका रहेको बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP