Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली बालबालिकामा आँखाको दृष्टिसम्बन्धी समस्या बढ्दै

काठमाडौं : नेपालमा नेपालमा करिब ११ लाख बालबालिकाहरुमा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ। यसरी दृष्टिसम्बन्धी समस्या रहेका अनुमान गरिएका ११ लाखमध्ये सात लाख बालबालिका अहिलेसम्म कुनै पनि उपचारको पहुँचमा नरहेको समेत पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले जनाएको छ। नेपालमा मात्रै होइन पछिल्ला वर्षहरूमा विश्वमै बालबालिकामा दृष्टिदोषसम्बन्धी समस्या बढ्दै गएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वमा करिब ४ करोड ५० लाख बालबालिकाहरूमा दृष्टिसम्बन्धी समस्या रहेको अनुमान गरिएको छ भने त्यसमध्ये धेरै बालबालिकाहरु आँखा उपचार सेवाबाट बन्चित छन्।

यसले गर्दा बालबालिकाहरुका आँखासम्बन्धी समस्याहरुलाई सम्बोधन गर्न बालबालिकाहरुका आँखा सम्बन्धी समस्याहरुको रोकथाम र जोखिम कम गर्न, उनीहरुका परिवार र समाजलाई आँखा नियमित परीक्षण गर्नुपर्ने महाशाखाले जनाएको छ।

नेपाल सरकारको पनि आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर राष्ट्रिय आँखा स्वास्थ्य रणनीति -२०७९–२०८६_ लाग्ने गरेको छ।

यसले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। यो रणनीतिले​ दृष्टि दोषको समस्या भएका बालबालिकाहरूले समयमै आँखा परीक्षण गरी चस्माको प्रयोग गरेमा त्यसबाट उनीहरूको शैक्षिक उत्तीर्ण दरमा ४४ प्रतिशतले वृद्धि आउँछ। भने दिगो विकासको लक्ष्य ४ गुणस्तरिय शिक्षा प्राप्तिमा समेत बालबालिकाहरुको आँखा स्वास्थ्यले प्रत्यक्ष रुपमा प्रभाव पार्दछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP