Trending
अन्तर्राष्ट्रिय पुटिन र राष्ट्रसंघका महासचिवबीच पर्सि भेट हुने राजनीति कर्णालीमा किसानका दु:ख उस्तै, एकीकृत कृषि प्रयोगशाला आफैँ बिरामी अन्तर्राष्ट्रिय रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला अन्तर्राष्ट्रिय लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण आर्थिक चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य आर्थिक सुन तोलाको १ लाख ६५ हजार ६ सय राजनीति जुम्ला पुगे प्रचण्ड खेल पाल्पाको पूर्वखोलामा डेढ लाख राशीको भलिबल प्रतियोगिता हुने समाज कावासोतीमा अनकण्टार भिरबाट जिप खस्‍यो अन्तर्राष्ट्रिय सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

सभापति समातिएपछि सडकमा उत्रियो रास्वपा

काठमाडौं : सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले प्रदर्शन थालेका छन्। बिहानैदेखि मानव अधिकार चोकमा रास्वपा कार्यकर्ताको सहभागिता बाक्लिन थालेको छ। पोखरामा उपलब्ध केन्द्रीय पदाधिकारी र नेताहरु छलफलमा जुटेका छन्।

छलफल सकिनासाथ पूर्ण प्रदर्शन सुरु हुने बताइएको छ। यद्यपि कार्यकर्ताहरुले मानव तस्करहरुलाई कारबाही गर्, सहकारी पीडितलाई न्याय दे, दलाल माफियाहरु होसियार लगायतका प्लेकार्डहरु बोकेर प्रदर्शन सुरु गरिसकेका छन्।

पोखरामै आज सहकारी पीडितले पनि प्रदर्शन गर्दै छन्। पोखराको गैह्रापाटनमा शान्तिपूर्ण प्रदर्शनको तायारी छ। दुवै पक्षले प्रदर्शनको तयारी थालेपछि रास्वपा कार्यकर्ता र सहकारीपीडित आमनेसामने हुने देखिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौंको माइतीघर मण्डलामा पनि आजै लामिछानेको पक्राउविरुद्ध प्रदर्शन हुँदै छ। त्यसका लागि दिउँसो १ बजे कार्यकर्ता र समर्र्थकहरुलाई उपस्थित हुन भनिएको छ। सुरक्षा तैनाथि बिहानैदेखि बाक्लो पारिएको छ।

लामिछानेविरुद्ध हिजो पक्राउ पूर्जी जारी भएसँगै सीआईबीको टोलीलै केन्द्रीय कार्यालय घण्टीघरबाटै पक्राउ गरेर आज बिहान पोखरा पुर्‍याई प्रहरीको जिम्मा लगाएको हो।

प्रहरीका अनुसार आज शनिबार परेकाले लामिछानेलाई भोलि कार्यालय खुलेपछि मात्रै म्याद थपका लागि अदालतमा लगिनेछ। उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान चल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP