Trending
अन्तर्राष्ट्रिय पुटिन र राष्ट्रसंघका महासचिवबीच पर्सि भेट हुने राजनीति कर्णालीमा किसानका दु:ख उस्तै, एकीकृत कृषि प्रयोगशाला आफैँ बिरामी अन्तर्राष्ट्रिय रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला अन्तर्राष्ट्रिय लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण आर्थिक चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य आर्थिक सुन तोलाको १ लाख ६५ हजार ६ सय राजनीति जुम्ला पुगे प्रचण्ड खेल पाल्पाको पूर्वखोलामा डेढ लाख राशीको भलिबल प्रतियोगिता हुने समाज कावासोतीमा अनकण्टार भिरबाट जिप खस्‍यो अन्तर्राष्ट्रिय सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

माओवादी आन्दोलन एकताबद्ध भएपछि मात्र समाजवादको आधार तयार पार्न सकिन्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन एकताबद्ध भएपछि मात्र समाजवादको आधार तयार पार्न सकिने बताएका छन्।

शनिबार चितवनमा युद्धमा बेपत्ता दण्डपानी न्यौपानेको स्मृति भवन निर्माण सहयोगार्थ आयोजित वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले अब माओवादीबाट छुट्टिएकाहरू एकीकृत हुने दाबी गरे।

‘हामी एउटै स्कूल र मूल प्रवाहीकरणबाट आएका भंगालाहरू हौं। इतिहास र विज्ञानले पनि एउटै स्कूल र मूल र प्रवाहबाट जन्मिएका विभिन्न धारा र भंगालाहरू एउटा अर्को ठाउँमा पुगेपछि एकताबद्ध हुनुपर्छ र हुन्छन् भनेको छ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने।

उनले माओवादीहरू एक ठाउँमा उभिएपछि मात्रै समाजवादको आधार तयार पार्न सकिने बताए। विगतमा केही कमीकमजोरीका कारण माओवादी आन्दोलन केही कमजोर भएको भन्दै उनले अब सबै एकजुट भएर माओवादी आन्दोलन माथि उठाउनुपर्ने बताए।

गणतन्त्र पूँजिपतिको हुने कि जनताको भन्ने लडाइँ फेरि हुने भन्दै प्रचण्डले त्यसका लागि सबैले मिलेर गणतन्त्रलाई जनताको पक्षमा स्थापित गर्न र समाजवाद स्थापनाका लागि लाग्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP