घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १ साउन ।
कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनले आफ्ना उपभोक्ताका लागि निःशुल्क बिरुवा वितरण कार्यक्रम सञ्चालन गरेको छ । वनले गत असार १७ गतेदेखि विभिन्न प्रजातिका बिरुवा वितरण गर्दै आइरहेको जनाएको छ । बनले उत्पादन गरेकाे सागवन, खयर, नीम, अर्जुना, महुवा प्रजातिका बिरुवा वितरण गरिरहेकाे छ ।
साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानले साझेदारी वन कार्यालय उज्ज्वलपुरसँग समन्वय गरी वनको मापदण्ड अनुसार आवश्यक पर्ने बिरुवा प्राप्त गर्न सकिने जानकारी दिए । निःशुल्क वितरणको अवसरको समयमै सदुपयोग गर्न उनले सबै उपभोक्तालाई आग्रह गरे ।
वरिष्ठ वन अधिकृत मोहन प्रसाद गजुरेलका अनुसार वनले यस वर्ष एकवर्षीय तथा बहुवर्षीय गरी करिब ७० हजार बिरुवा उत्पादन गरिएको छ । खेर गइरहेका जग्गामा वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गर्नुका साथै उपभोक्तालाई आयआर्जनमा समेत टेवा पुग्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा निःशुल्क वितरण गरिरहेकाे उनले बताए ।
वन कार्यालयले उपलब्ध बिरुवाको सदुपयोग गर्दै खाली तथा बाँझो जग्गामा वृक्षारोपण गर्न र वातावरण संरक्षणमा योगदान पुर्याउन सबै उपभोक्तासँग आग्रह गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया