
लेबनानी र इजरायली स्रोतहरूकाअनुसार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा हिज्बुल्लाहका एक कमाण्डरको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्। लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि हमलाले नाबाटीह क्षेत्रको हारुफ–जिबचित सडकमा रहेको प्राथमिक विद्यालय नजिकैको कारलाई लक्षित गरेको थियो।
जनस्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र अर्का एक घाइते भएको बताएको छ। जबकि लेबनानी सेनाको गुप्तचर स्रोतले मृतकको नाम जेन फुतौनी रहेको बताएको छ। जो हलौसियाह शहरका हिज्बुल्लाहको एलिट रडवान फोर्सका कमाण्डर थिए।
इजरायल रक्षा बलले एक विज्ञप्तिमा हमलाको पुष्टि गर्दै भन्यो कि फुतौनी रडवान फोर्सका एक एन्टी–ट्याङ्क कमाण्डर थिए। जो हालै दक्षिणी लेबनानमा हिज्बुल्लाहको सैन्य पूर्वाधार पुनस्र्थापित गर्ने प्रयासमा संलग्न थिए। हिज्बुल्लाह र इजरायल बीचको युद्धविराम नोभेम्बर २७, २०२४ देखि लागू भएको छ।
जसले गाजा युद्धबाट शुरु भएको झडपलाई धेरै हदसम्म रोकेको छ। इजरायली सेनाले लेबनानमा बेलाबेलामा आक्रमणहरू जारी राखेको छ। हिज्बुल्लाह विरुद्धको कारबाहीलाई धम्की भन्दै लेबनानी सीमामा पाँच मुख्य स्थानहरूमा सेनालाई कायम राखेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया