Trending
flash जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना समाज नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती राजनीति उपचार जारी रहेपनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कँदै राजनीति परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : प्रचण्ड राजनीति स्वाधीन र समाजवादका पक्षमा उभिन भन्दै उनले कात्तिक २० गते काठमाडाैंमा भेट्ने प्रस्ताव गरे flash छठ पर्वले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको विकास भएको छ : मुख्यमन्त्री आचार्य flash राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसिया भ्रमणमा रहेका बेला अमेरिकी नौसेनालाई ठूलो धक्का flash मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ शिक्षा शिक्षामन्त्री पुन भन्छन्- उद्धघाटन र शिलान्यास कार्यक्रममा नबोलाउनू अन्तर्राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आक्रमणमा एक व्यक्तिको मृत्यु

राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसिया भ्रमणमा रहेका बेला अमेरिकी नौसेनालाई ठूलो धक्का

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसिया भ्रमणमा रहेका बेला अमेरिकी नौसेनालाई ठूलो धक्का लागेको छ।

अमेरिकी नौसेना प्रशान्त फ्लिटका अनुसार आइतबार दक्षिण चीन सागरमा अमेरिकी नौसेना हेलिकप्टर र लडाकु विमान ३० मिनेटको फरकमा दुर्घटनामा परेका हुन्।

सौभाग्य! दुवै दुर्घटनामा चालक दलका सबै सदस्य सुरक्षित छन्।

अमेरिकी नौसेनाले आइतबार साँझ (स्थानीय समय) सामाजिक सञ्जालमा पोस्ट गरेअनुसार समुद्री स्ट्राइक स्क्वाड्रन (एचएसएम) ७३ मा जोडिएको हेलिकप्टर स्थानीय समय आइतबार दिउँसो २:४५ बजे विमानवाहक जहाज यूएसएस निमित्जबाट नियमित मिसनमा उडेको थियो। तर समुद्रमा दुर्घटनामा पर्‍यो।

फ्लिटले जारी गरेको विज्ञप्तिअनुसार एमएच-६०आरसी हक हेलिकप्टरका चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ भने एफ/ए-१८एफ सुपर हर्नेट लडाकु जेटमा रहेका दुई चालकलाई पनि सुरक्षित रूपमा बाहिर निकालिएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अमेरिकी नौसेनाले जनाएको छ।

चीन र धेरै दक्षिणपूर्वी एसियाली देशहरूसँग सिमाना जोडिएको महत्त्वपूर्ण दक्षिण चीन सागरका केही भाग धेरै सरकारले दाबी गर्छन्, तर बेइजिङले अन्तर्राष्ट्रिय अदालतको फैसलालाई बेवास्ता गर्दै लगभग सम्पूर्ण रणनीतिक जलमार्गको स्वामित्व दाबी गर्छ।

दुई दशकमा चीनले समुद्रमा सैन्य प्रतिष्ठान निर्माण गरेर आफ्नो क्षेत्रीय दाबीलाई बलियो बनाएको छ, जसले अन्तर्राष्ट्रिय पानीमार्फत स्वतन्त्र नेभिगेसन कायम राख्ने अमेरिकी प्रयासलाई प्रत्यक्ष चुनौती दिएको छ।

अमेरिकी नौसेना अपरेसन पनि बेइजिङको समुद्री विस्तारको सामना गर्न वासिङटनको व्यापक रणनीतिको एक हिस्सा हो। वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP