Trending
flash जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना समाज नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती राजनीति उपचार जारी रहेपनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कँदै राजनीति परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : प्रचण्ड राजनीति स्वाधीन र समाजवादका पक्षमा उभिन भन्दै उनले कात्तिक २० गते काठमाडाैंमा भेट्ने प्रस्ताव गरे flash छठ पर्वले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको विकास भएको छ : मुख्यमन्त्री आचार्य flash राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसिया भ्रमणमा रहेका बेला अमेरिकी नौसेनालाई ठूलो धक्का flash मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ शिक्षा शिक्षामन्त्री पुन भन्छन्- उद्धघाटन र शिलान्यास कार्यक्रममा नबोलाउनू अन्तर्राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आक्रमणमा एक व्यक्तिको मृत्यु

छठ पर्वले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको विकास भएको छ : मुख्यमन्त्री आचार्य

रूपन्देही

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । उनले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको विकासमा पनि यस पर्वले प्रेरणा दिएको उल्लेख गरेका हुन् ।

छठ पर्व–२०८२ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सूर्यदेव र छठी माताको पूजा श्रद्धा र आस्थाका साथ विस्तार हुँदै गएको बताए ।

उनका अनुसार भेदभावविना सबै प्राणीलाई प्रकाश, ताप र शक्ति दिने समानताको प्रतीक सूर्यदेवप्रति आस्था र श्रद्धा व्यक्त गर्ने यो पर्वले समाजमा आपसी सद्भाव र एकता सुदृढ पार्दै आएको छ । उनले छठ पर्वले सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न पनि प्रेरणा दिने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले देशमा देखिएका चुनौतीहरूको समाधान संवैधानिक र लोकतान्त्रिक विधि तथा प्रक्रियामार्फत मात्रै सम्भव हुने बताउँदै साझा समझदारी र दृढताको आवश्यकता औँल्याए ।

उनले लुम्बिनी प्रदेश सरकारले मौलिक संस्कृतिको संरक्षण र संवर्धनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिए । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य पूरा गर्न प्रदेश सरकार निरन्तर प्रयत्नशील रहेको उनको भनाइ छ । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP