Trending
flash जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना समाज नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती राजनीति उपचार जारी रहेपनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कँदै राजनीति परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : प्रचण्ड राजनीति स्वाधीन र समाजवादका पक्षमा उभिन भन्दै उनले कात्तिक २० गते काठमाडाैंमा भेट्ने प्रस्ताव गरे flash छठ पर्वले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको विकास भएको छ : मुख्यमन्त्री आचार्य flash राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसिया भ्रमणमा रहेका बेला अमेरिकी नौसेनालाई ठूलो धक्का flash मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ शिक्षा शिक्षामन्त्री पुन भन्छन्- उद्धघाटन र शिलान्यास कार्यक्रममा नबोलाउनू अन्तर्राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आक्रमणमा एक व्यक्तिको मृत्यु

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन्। आज चितवनमा पत्रकारसँग उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए।

संयोजक प्रचण्डले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए। “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन। चुनावको विकल्प छैन। त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ”, उनले भने, “मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु। चुनावको वातावरण बनाउन हामी सबै लागौँ। सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु।”

संयोजक प्रचण्डले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे। यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनको भनाइ थियो। “यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ। यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ”, संयोजक प्रचण्डले भने। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP