Trending
flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित

सांसद अभिषेक र नगर प्रमुख रजत शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि विरोधमा यातायात र बजार बन्द

कपिलवस्तु, १ साउन ।
कपिलवस्तु जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि कृष्णनगर र बहादुरगञ्ज क्षेत्रको बजार तथा यातायात सेवा प्रभावित भएको छ । कृष्णनगर र बहादुरगञ्ज क्षेत्रका व्यापारीहरूले बजार तथा यातायात सेवा बन्द गरेका छन् ।

व्यापारीहरूको भनाई अनुसार मुद्दामा सांसद अभिषेकप्रताप शाह र नगरप्रमुख रजत प्रताप शाहलाई मात्र प्रतिवादी बनाइएको विषयमा शंका उत्पन्न भएकाले दुबै पक्षलाई निष्पक्ष रूपमा अनुसन्धानको दायरामा ल्याउनुपर्ने मागसहित स्वस्फूर्त रूपमा बजार बन्द गरिएको हो ।

उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष सीताराम शर्मा (रितेश) माथि भएको कुटपिट घटनासम्बन्धी ज्यान मार्ने उद्योगको उजुरीका आधारमा जिल्ला अदालतले दुवै जनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। अदालतको आदेशसँगै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

पक्राउ पुर्जी जारी भएपछि सांसद अभिषेकप्रताप शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूमाथि लगाइएका आरोप निराधार रहेको दाबी गरेका छन् । उनले घटनालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख गर्दै आफूलाई योजनाबद्ध रूपमा विवादमा तान्ने प्रयास भएको बताएका छन् ।

शाहले आफ्नो भनाइमा, “मैले कुनै गैरकानुनी कार्य गरेको छैन। नेपालको संविधान, प्रचलित कानुन र स्वतन्त्र न्यायपालिकाप्रति मेरो पूर्ण विश्वास छ। सत्य अन्ततः स्थापित हुन्छ। ‘खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन’ भन्ने नेपाली उखानझैँ सत्यको जित हुनेछ,” उल्लेख गरेका छन् ।

नगरप्रमुख रजत प्रताप शाहले पनि आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने बताएका छन् । उनले, “सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएजस्तो अवस्था होइन। झैझगडा मिलाउन जाँदा उल्टै ममाथि आरोप लगाइएको हो। नियतवश यस घटनामा हामीलाई मुद्दामा फसाइएको छ। हामी कानुनबमोजिम आवश्यक सबै प्रक्रियामा सहयोग गर्छौं र न्यायिक प्रक्रियाबाट सत्य बाहिर आउनेमा विश्वस्त छौं,” भनेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP