Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कपिलवस्तुको शिवराजमा माघी(खिचडी) महोत्सव आजबाट हुँदै ।।

राम अवतार चौधरी
कपिलवस्तु, ५ माघ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा हुने प्रथम नगरस्तरिय माघी(खिचडी) महोत्सव आजबाट सुरु हुने भएको छ । आजबाट सुरु हुने महोत्सव माघ ७ गते सम्म सञ्चालन हुने साथै महोत्सवको समुद्धघाटन संविधान सभा सदस्य बिश्राम प्रसाद थारुले गर्नेुहुने भएको आयोजकले जनाएको छ ।

माघ २ देखि ५ गते सम्म हुने भनिएको महोत्सवको तयारी पुरा भए पनि बुधबार राति देखि नै मौसम प्रतिकूल भएको कारणले गर्दा कार्यक्रम स्थिगित गरिएको थियो ।

महोत्सवको मुख्य आकर्षण घरेलु उत्पादन विधि तथा हस्तकला, चित्रकला बस्तुकलाको संरक्षण एवम् सम्बर्द्धन साथै बजारीकरण, थारु जातिको कला, संस्कृति क्षेत्रमा अभिनय गरि आत्मबल बढनुको साथै नयाँ प्रतिभाहरूको उत्पादन, लोप हुँदै गइरहेको भेषभुषा प्रदर्शन, थारु पुर्खाैली सामाग्रीको प्रदर्शन, थारु समुदायको झुमरा, झररा, मयूर, लाठी, सजनी बिरहनी जस्ता नृत्य प्रदर्शनमा रहने छ ।

साथै अलग–अलग छरिएर रहेका समुदायलाई एक्यवद्धता गराउन, स्थानीय धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार र कार्यक्रमको माध्यमबाट रुढीबादी, सामाजिक विसंगति जस्ता कु–प्रथा हटाई जनचेतना फैलाउने लगायतका उद्देश्य सहित सो महोत्सव आयोजना गरिएको महोत्सव संयोजक इन्द्रबहादुर थारुले बताए ।

यस्तै महोत्सवलाई रोचन बनाउनुका साथै दर्शकलाई मनोरञ्जन दिन अञ्जु कुस्मी, राज कुस्मी, श्रीनिवास चौधरी, गणेश चौधरी, समिक्षा चौधरी, हरिनारायण थारु, खेम चौधरी, सोनु कुम्मी लगायत कलाकारले कार्यक्रमलाई रोचक बनाउने छन् ।

त्यसैगरी सरगम चौधरी, सुनिता दहित, प्रमिला चौधरी, सत्यनारायण फटेरा, रितु चौधरी, सिमान्त चौधरी, श्याम सिटी, रञ्जित थारु, उत्तम चौधरी, विशाल थारु, विष्णु थारु, जया चौधरी, शारदा थारु, आर एन चौधरी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मञ्च तताउने साँस्कृतिक संयोजक उत्तम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP