Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

बंगलादेशमा डेंगुको प्रकोप : ४० को ज्यान गयो, संक्रमित हजारौं अस्पताल भर्ना

बंगलादेशमा डेंगुको प्रकोप : ४० को ज्यान गयो, संक्रमित हजारौं अस्पताल भर्ना

२९ साउन, काठमाडौं

बंगलादेशमा डेंगुको प्रकोप देखिएको छ । सन् २०१९ को जनवरीदेखि हालसम्म ४० ले ज्यान गुमाएका छन् भने हजारौं यसबाट संक्रिमत बनेका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरले डेंगुका कारण ४० ले ज्यान गुमाइसकेको र हजारौं त्यसबाट संक्रिमत भएको बताएका छन् ।

यद्यपि, बंगलादेशी सञ्चारमाध्यमहरुले सरकारको तथ्यांकभन्दा धेरै बढी मानिसले ज्यान गुमाएको दाबी गरेका छन् । गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकले डेंगुको संक्रमणबाट ज्यान गुमाएको उनीहरूको भनाइ छ ।

रोग फैलिन सक्ने चिन्ता

गत जनवरीदेखि नै सुरु भएको डेंगुको संक्रमण निर्मूल हुनुको सट्टा बढ्दै गएपछि सरोकारवालाहरू चिन्तित देखिएका छन् ।

बंगलादेशमा हप्ता दिन लामो इद–अल–आधा मनाउन लाखौं नागरिकहरू शहरबाट गाउँ भित्रिएका छन् । यसरी गाउँ पसेकाहरुले रोग सार्ने र यसको संक्रमण थप भयावह बन्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

स्वस्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम अजादले बिदा रद्ध गरी संकटलाई साम्य पार्न सबै स्वास्थ्यकर्मीहरुलाई अपिल गरेका छन् ।

उपचारमा कठिनाइ

पछिल्लो समय डेंगु संक्रमित पनि उत्तिकै बढिरहेका छन् । गत जनवरीदेखि ४४ हजार बिरामी डेंगुको आशंकामा अस्पताल भर्ना भइसकेका छन् । सोमबार मात्रै विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएको स्वास्थ्य मन्त्रालयका अधिकारी अयेशाले बताएका छन् ।

डेंगुको संक्रमणमा परेका हजारौं बिरामी उपचारका लागि अस्पताल पुगेपछि सेवाप्रवाहमा समेत कठिनाइ भएको छ । अस्पतालका शैय्या संक्रमितले भरिएपछि भुइँमा बसेर बिरामीले उपचार गरिरहेका छन् ।

लामखुट्टेको टोकाइबाट हुने भाइरल संक्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डे‌गु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ र यो सामान्यतया दक्षिण एसियाली मुलुकहरूमा मनसुनी वर्षापछि अर्थात् जुनदेखि सेप्टेम्बरमा देखापर्ने गरेको छ । तर यो वर्ष एशियाली केही मुलुकहरूमा डेंगु जटिल समस्याका रूपमा देखा परेको छ ।

नेपालकै धरानलगायतका क्षेत्रमा पछिल्ला केही महिनादेखि डेंगुको प्रकोप बढे पनि निणन्त्रणमा आउन सकेको छैन । बरु अन्य क्षेत्रमा पनि फैलँदै गइरहेको छ ।

49SHARES

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP